१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

७० प्रतिशत हिंसाको कारण मदिरा : गृहमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले महिला र बालबालिकामाथि हुने ७० प्रतिशतभन्दा बढी जघन्य अपराधको कारण मदिरा रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा शुक्रबार आयोजित महिला हिंसासम्बन्धी अन्तक्र्रियामा थापाले जघन्य अपराधका घटना कम गर्न मदिरा नियन्त्रण सुरु गरिएको बताए ।

७० प्रतिशत हिंसाको कारण मदिरा : गृहमन्त्री

सरकारले कसरी मदिरा नियन्त्रण गर्दैछ भन्नेचाहिँ उनले बताएनन् । उनले महिला, बालबालिकामाथि भइरहेका हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधका घटना गृह मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने भएकाले जनतासँग सहकार्य गरेर अघि बढनुपर्ने बताए ।


थापाले मुलुकलाई विखण्डन गर्न खोज्ने तत्त्वलाई सरकारले कडा निगरानीमा राखिरहेको दाबी गरे ।


प्रकाशित : आश्विन २६, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?