गुर्जा हिमाल चढ्न गएका ५ कोरियाली र ४ नेपालीको मृत्यु [अपडेट]

घनश्याम खड्का

म्याग्दी — धौलागिरी गाउँपालिका-१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना दक्षिण कोरियाली पर्यटक र ४ जना नेपाली सहित ९ जनाको हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुर्जा हिमाल चढ्न गएका ५ कोरियाली र ४ नेपालीको मृत्यु [अपडेट]

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दक्षिण कोरियाका जोहोन ली (Jaehun Lee, Pp no M04612862), च्याङ हो किम (Chang Ho Kim, pp no 85850032), इल जिन रिम (Il Jin Rim pp no M 97002378), योङ जिक यु (Young Jik yoo pp no M54666498) र जुन मो झोङ –व्यल मो जियोङ (Joon Mo Jeong pp no M 800519211)रहेका छन् ।


त्यसैगरी हिमआँधीमा परि मृत्यु हुनेमा गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभा साविक हटिया गाविस-२ का ३९ वर्षीय छिरिङ भोटे, सोही जिल्ला साविक भोटेखोला गाविस-३ का २१ वर्षीय लाक्पा सोङवु भोटे, संखुवासभाकै फर्वु भोटे र म्याग्दी धौलागिरी गाउँपालिका-१ गुर्जाका नेत्रबहादुर छन्त्याल रहेका छन् ।


‘मैले लिएर गएका एक जना कोरियाली पर्यटक दुर्घटनामा पर्नु भयो । अर्को ७७ बर्षिय हङ जिन च्योय हिँडन नसकेपछि बेस क्याम्पदेखि अन्दाजी तीन घन्टा तलबाट फिर्ता भयौं । सोही २५ गते राति माथिबेस क्याम्पमा दुर्घटना भयो,’ गुर्जामा रहेका गाइड लाक्पा शेर्पाले भने, ‘२६ गते बिहान सम्पर्क नभएपछि स्थानीय सहित खोज्न जाँदा दुर्घटना भएको पत्ता लाग्यो ।’

प्रकाशित : आश्विन २७, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?