रहेनन् नेता चक्रप्रसाद बाँस्तोला

कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । शनिबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेका बाँस्तोलाको राति ९:२० मा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।

रहेनन् नेता चक्रप्रसाद बाँस्तोला

प्रवक्ता शर्माले कान्तिपुरसँग कुरा गर्दै नेता बाँस्तोलाको निधन भएको पुष्टि गरे ।


उनले सामाजिक सञ्जालमा नेता बाँस्तोलाको निधनबारे ट्वीटसमेत गरेका छन् । 'अन्तत चक्र दाइ जानू भयो !!!! अहिले भर्खरै रातिको ९.२० मा नेपाली कांग्रेसका अग्रज नेता चक्रप्रसाद बांस्तोलाको निधन भएको छ । उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा !!' उनको ट्वीटमा भनिएको छ ।


शनिबार अपराह्न नै विभिन्न मिडियाले बाँस्तोलाको निधन भएको समाचार प्रकाशित गरेकोमा हतार नगर्न प्रवक्ता शर्माले आग्रहसमेत गरेका थिए ।

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले कान्तिपुरलाई अपराह्न भनेका थिए, -'शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ । अस्पतालका डाक्टर साढे २ बजे ब्रेन र हर्टले काम गर्न छाडेको, फोक्सोमा पानी जमेको भन्दै 'नो मोर क्लिनिकल्ली डेथ' भनेर पठायो ।' 'शरीरमा अक्सिजनको मात्रा रहुञ्जेल घोषण गर्न नमिलेको हो ' उनले भने ।

बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए ।

........ अपडेट

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था 'क्रिटिकल' बनेको छ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलाको अवस्था शनिबार दिउँसोदेखि क्रिटिकल बनेको हो ।

नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले कान्तिपुरलाई भने, 'शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ ।अस्पतालका डाक्टर साढे २ बजे ब्रेन र हर्टले काम गर्न छाडेको, फोक्सोमा पानी जमेको भन्दै 'नो मोर क्लिनिकल्ली डेथ' भनेर पठायो ।' 'शरीरमा अक्सिजनको मात्रा रहुञ्जेल घोषण गर्न नमिलेको हो ' उनले भने ।

बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका छन् । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो ।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन । दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए ।

नेता बाँस्कोटाको अवस्थाबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीट


यसअघि बाँस्तोलाका भाञ्जी सरिता प्रसाईँको भनाइ अनुसार निधन भएको समाचार प्रकाशित भएकोप्रति क्षमा प्रार्थी छौँ ।

प्रकाशित : आश्विन २७, २०७५ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?