कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुली जाने यात्रुलाई बढी भाडाको मार, ६ सयको बाटोमा हजार असुल्दै

राजकुमार कार्की

सिन्धुली — दसैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुली रहेका छन् । त्यसको एउटा उदाहरण काठमाडौंबाट सिन्धुली सडक खण्डमा देखिएको छ । बस भाडा ६ सय तोकिए पनि घर फर्कने यात्रुसँग व्यवसायीले एक हजार रुपैयाँसम्म भाडा असुलेका छन् ।

सिन्धुली जाने यात्रुलाई बढी भाडाको मार, ६ सयको बाटोमा हजार असुल्दै

अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । व्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् । बुकिङ गरेपनि यात्रुलाई टिकट उपलब्ध नगराउने गरेको यात्रुहरुले बताएका छन् । काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापाले बस व्यवसायीबाट ठगिएको बताइन् ।

उनको ३० गते घर फर्कने योजना थियो । व्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेपछि मात्रै टिकट दिने बताए । उनले टिकट मागिन् । तर व्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यस्तो बेला सरकारको उपस्थीति चाहिने हो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मनपरी महसुस गरेकी थिइन ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात व्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् ।

तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाा तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्‍यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’

दसैंका मुखमा यात्रु ठग्ने व्यवसायीलाई दुई तिहाइ बहुमत प्राप्त सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुादै भने, ‘दसैं यात्रु लुट्ने सिजन हो ? अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउामा १ हजार रुपैयाँ किन तिर्ने ?’


प्रकाशित : आश्विन २९, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?