कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले चियापान कात्तिक १६ गते गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले बडादसैं, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा कोजाग्रत पूर्णिमा दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ ।

कांग्रेसले चियापान कात्तिक १६ गते गर्ने

कांग्रेसले कात्तिक ७ मा कोजाग्रत पूर्णिमाका दिन तय गरिएको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका लागि सारिएको जनाएको छ ।


पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार निधन भएकाले शोकस्वरूप चियापान कार्यक्रम कात्तिक ७ बाट १६ गतेका लागि सारिएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयले दिएको छ ।

प्रकाशित : आश्विन २९, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?