कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

रमेशचन्द्र अधिकारी

धनकुटा — बडादसैंको सातौँ दिन फूलपातीको अवसरमा मंगलबार धनकुटामा विशेष फूलपाती बढाईं आयोजना गरिएको छ ।

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]
धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमापछि तल्लो टुडिखेलमा विशेष पूजापछि फूलपाती बढाईं गरिएको थियो ।

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

उक्त अवसरमा नेपाली सेना,सशस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी दिएको थियो । करिब एक शताब्दी पूर्वदेखि सुरु फूलपाती बढाईंले निरन्तरता पाएको पण्डित माधवप्रसाद दाहालले जानकारी दिए ।

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

परम्परागत झाँकीका साथ निशानदेवी तथा विभिन्न ९ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विशेष पूजा गरिने चलन छ । अशोका,केरा,जयन्ती,हलेदो,बेलपत्र,धान, सामा,दारिम र माने जस्ता वनस्पति यस दिनमा विशेष महत्व रहने दाहालले बताए ।

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

कार्यक्रममा प्रशासक,राजनीतिकर्मी,सञ्चारकर्मी,नागरिक समाज लगायतको सहभागिता रहेको थियो । नेपाली सेनाले फूलपाती बढाईंका अवसरमा ब्याण्डबाजा सहित प्रस्तुति दिएको थियो । त्यस्तै निशान मन्दिरमा दर्शन गर्न आउने भक्तजनको पनि उल्लेख्य भीड लागेको थियो ।

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

धनकुटामा विशेष फूलपाती बढाईं [फोटो फिचर]

प्रकाशित : आश्विन ३०, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?