कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुला आउदै गरेको बस बैतडीमा दुर्घटना, ९ घाइतेमध्ये २ गम्भिर 

मनोज बडू

दार्चुला — अतरियाबाट यहाँ आउदै गरेको पवनदुत यातायातको बस बैतडीको डिलाशैनी गाउपालिका ६ बांगाबगरमा मंगलबार बिहान दुर्घटना भएको छ । बस एक्कासी सडकमा पल्टिदा ९ जना घाइते भएका छन् । माईतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दार्चुला आउदै गरेको बस बैतडीमा दुर्घटना, ९ घाइतेमध्ये २ गम्भिर 

सोमबार दिउसो अतरियाबाट गोकुलेश्वरका लागी आएको ना५ख ८११७ नम्बरको बस बिहान साढे ४ बजे सडकमा पल्टिदा शैल्यशिखर नगरपालिका ४ का २३ वर्षीय गिता ठगुन्ना, ६ बर्षीय युवराज जोशी १४ बर्षीया सुनिता ठगुन्ना, २७ बर्षीय धर्मानन्द जोशी, बैतडी सिगास गाउपालिका ९ का ३ बर्षीय हार्दिक चन्द लगायत ९ जना घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते गीता ठगुन्ना र सुनिता ठगुन्नाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ ।


दुर्घटनामा घाईते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको र समान्य घाईते केहि यात्रु उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । बस दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि बससहित बसका चालक बेलौरी नगरपालिका ९ का ३९ वर्षीय धन सिंह ठगुन्ना प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?