कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बस पल्टिएर किच्दा सडक छेउमा खेल्दै गरेका बालकको मृत्यु 

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१, सल्लेमा बस पल्टिएर किच्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालकसहित २ घाइते भएका छन् । सल्ले बसपार्कबाट गाडी धुन मुलखोलातर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडि मंगलबार दिउँसो साढे १ बजे पल्टिदा सल्लेकै ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो ।

बस पल्टिएर किच्दा सडक छेउमा खेल्दै गरेका बालकको मृत्यु 

बसले कुल्चेका प्रयासको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।


सडक छेउमा खेलिरहेका बालकलाई नियन्त्रण गुमाएको बसले कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् । गाडिले कुल्चदा सल्लेकै ८ वर्षीय जेनिश बिसी र थर तथा ठेगाना नखुलेका गाडी चालक अन्दाजी २५ वर्षीय राम घाइते भएको प्रहरीले जनाएको छ । गाडी चालकको थर खुलिसकेको छैन ।


जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले घाइते दुवैलाई विमान वा हेलिकोप्टर मार्फत जिल्ला बाहिर पठाउने तयारी भैरहेको बताए । घाइते दुवैको अवस्था गम्भिर छ । हाल उनीहरुको जिल्ला अस्पतालमा प्राथमिक उपचार भैरहेको छ । मृतक प्रयास र घाइते जेनिश सहोदर दाजुभाइका छोरा हुन् । गाडि सडकबाट झण्डै एक सय ५० मिटर तल पुगेको छ ।


प्रकाशित : आश्विन ३०, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?