१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मुलुकको बेहाल टुलुटुलु हेर्न सकिनँ : नेपाल 

कान्तिपुर संवाददाता

रौतहट — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आफूले भेटेर मुलुकको बेहाल अवस्था टुलुटुलु हेरेर बस्न नसक्ने धारणा राखेको बताएका छन् । 

मुलुकको बेहाल टुलुटुलु हेर्न सकिनँ : नेपाल 

मंगलबार चन्द्रनिगाहापुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपालले संसदमा आफूले पार्टी र सरकारको विरोध गरेको नभई जनताको भावना बोलेको बताए । ‘संसदमा मैले बोलेको कुरामा केहीले विरोध गरेका रहेछन्,’ उनले भने, ‘संसद भनेको प्रतिपक्षको मात्रै होइन जनताको भावना राख्ने थलो पनि हो ।’ उनले आफ्नो उद्देश्य सरकारको मनोबल गिराउने नभई मद्दत गर्ने रहेको उल्लेख गर्दै प्रजातन्त्रको नाममा अराजकता बढेकाले कसैले कसैलाई नटेरेको अनुभव सुनाए ।

उनले प्रधानमन्त्री ओलीलाई बलियो डन्डा हातमा लिएर अगाडि बढ्न सुझाव दिए । देशमा घूस खाने, ढिलासुस्ती गर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारी गर्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिए ।

प्रकाशित : आश्विन ३०, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?