आयोग बिदामा समेत खुला रहने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू दसैं, तिहार तथा छठ बिदामा समेत खुला रहने भएका छन् । आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिमा पर्वका अवसरमा हरेक दिन ११ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ ।

आयोग बिदामा समेत खुला रहने

सर्वसाधारणको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । उक्त अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : आश्विन ३०, २०७५ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?