यस्तो छ टीकाको साइत

कान्तिपुर संवाददाता

काठमाडौँ — यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

यस्तो छ टीकाको साइत

यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ ।

कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।

प्रकाशित : आश्विन ३१, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?