प्रधानमन्त्रीको दसैं कार्यक्रम सार्वजनिक, सर्वसाधारणलाई टीका लगाइदिने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको दसैं कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार प्रधानमन्त्री सचिवालय निकालेको तालिकाअनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहण र मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनेसम्मका सूचि छ । 

प्रधानमन्त्रीको दसैं कार्यक्रम सार्वजनिक, सर्वसाधारणलाई टीका लगाइदिने

प्रधानमन्त्री ओलीले विजया दशमीको दिन कार्तिक २ गते बिहान ९:४५–१०.०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्ने छन् । त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


त्यसपछि साँझ ६:०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन् । एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ ।


विस्तृतमा हेर्नुहोस्, प्रधानमन्त्री केपी शर्मा ओलीको दसैंसम्बन्धी कार्यक्रम


२०७५ कार्तिक १ गते बिहीबार, महानवमी

(बिहान झापा प्रस्थान र अपराह्न काठमाडौं फिर्ता) :


चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम


प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम


२०७५ कार्तिक २ गते, शुक्रबार दशमी

बिहान ९:४५–१०.००: प्रधानमन्त्रीद्वारा पिताजी मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण

बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीका ग्रहण

दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टीका ग्रहण

दिउँसो २:०० : मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा प्रधानमन्त्रीबाट टीका ग्रहण


अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट टीकाग्रहण

साँझ ६:०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टीकाग्रहण


एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ ।


प्रकाशित : आश्विन ३१, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?