कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खुकुरी प्रहार गरी हत्या

कान्तिपुर संवाददाता

मोरङ (उर्लावारी) — मोरङको पथरीशनिश्चरे-८ शुक्रबारेमा धारिलो हतियार प्रहार गरी एक जना व्यक्तिको हत्या भएको छ । शुक्रबार राती १० बजे स्थानिय २७ वर्षीय  विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । 

खुकुरी प्रहार गरी हत्या


खड्काको हत्या गरेको अभियोगमा प्रहरीले स्थानिय १७ वर्षीय कृष्ण विष्टलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँले विष्टको साथबाट हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको जानकारी दिए ।


मृतक खड्काको टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार भएको थियो । उनको शव उर्लावारी-३ स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ ।

प्रकाशित : कार्तिक ३, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?