१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दिउँसै बत्ती बालेर पार गरिन्छ धुलाम्मे दाउन्ने सडक [तस्बिरहरु]

नारायण शर्मा

नवलपरासी — दसैंमा महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम ओहोरदोहोर गर्नेहरु दाउन्नेको धूलोमा घण्टौ जाममा पर्ने गरेका छन् । महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दुम्कीबास खण्डको १४ किलोमिटर सडक पार गर्न घण्टौ लाग्ने गरेको छ । जताततै भत्किएको र अचाक्ली बाक्लो धूलोका कारण गाडीले दिउँसै बत्ती बाल्नपर्ने अवस्था छ ।

दिउँसै बत्ती बालेर पार गरिन्छ धुलाम्मे दाउन्ने सडक [तस्बिरहरु]

अत्यन्त घुमाउरो १९ वटा मोड रहेको दाउन्नेको १४ किलोमिटर पक्की खण्डमध्ये ८ किलोमिटर सडक पुरै भत्किएको र धूलैधूलोले भरीएको छ । राजमार्गमा २ फिटसम्मका खाल्डा परेको एक वर्ष भइसक्यो मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन छ । सडक कार्यालयले महेन्द्र राजमार्गमा खाल्डा परेको २४ घण्टाभित्र पुर्नु पर्ने नियम रहे पनि त्यसको पालना यहाँ भएको छैन ।


दसैं मान्न उक्त सडक खण्ड हुँदै ओहोरदोहोर गर्नेहरु काठमाडौंलाई बिर्साउने धूलो खान बाध्य छन् । '१२ महिना दिनहुँ सडक मर्मत गर्ने ज्यामीहरु सडकमा बेग्रल्ती देखिन्छन् सडक पिच गरेको २ दिन पनि सडक टिक्दैन' अधिवक्ता पूर्णचन्द्र शर्मा भन्छन्, 'यस्तो २४ घण्टा ब्यस्त रहने सडक पिच गर्दा र मर्मतका नाममा हुने भ्रष्टाचार छानबिन हुन आवश्यक छ ।' गत वर्षको बाढीले भत्काएको दाउन्ने सडक खण्ड त्यसपछि दिनहुँ पिच भइरहेको देखिन्छ तर सर्लक्क पिच कतै छैन । बनाउँदै छ, भत्किँदै छ । उनले यो सडकमा पक्की बनाउँदा र मर्मत गर्दा गुणस्तरहीन सामनको प्रयोग भएकाले बिजोग भएको बताउँछन् । सडक दिनहुँ बन्दै गरेको देखिन्छ एकदिन पनि सध्ये देखिन्न । त्यस्को सास्ती यात्रुले ब्यहोर्न बाध्य छन् ।


उक्त सडक खण्ड पर्ने बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी सडकको मर्मत सम्भार गर्ने नाममा निकै ठूलो अनियमितता भएकाले छानबिन गरेर कारबाही गर्न पर्ने बताउँछन् । उनले पूर्व-पश्चिमको ब्यस्त सडकमा गरिएको ढलानसमेत १ महिना नटिक्ने खालको भएको बताए । वर्षौंदेखि यही अवस्था रहनुले यात्रुले घण्टौं बिताउन पर्दा हैरान छन् । धुलैधूलोका कारण दिउँसै बत्ति बाल्नुपर्ने अबस्था रहेको जिल्ला प्रहरीको भनाइ छ । मोडमा धूलोले दुर्घटना बढ्ने जोखिम उत्तिकै छ ।





प्रकाशित : कार्तिक ३, २०७५ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?