दुई नाबालक छोराको हत्या गरी बाबुले गरे आत्महत्या

लक्ष्मी साह

बारा — बाराको जितपुर सिमरा–४ को औराहस्थित शान्तिटोलमा ४० वर्षको सुरेन्द्र रामले आइतबार बिहान आफ्नो २ जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । 

दुई नाबालक छोराको हत्या गरी बाबुले गरे आत्महत्या

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालका अनुसार रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् । तीनैजनाको शव पाेष्टमार्टमका लागि वीरगञ्ज अस्पताल लगिएको छ ।


प्रहरी निरिक्षक हमालका अनुसार राम प्राय तनावमा नै हुने र अत्याधिक मद्यपान गर्ने गर्थे । उनको अनुसार रामले केही वर्ष अगाडि आफ्नी आमालाई समेत पेट छुरा प्रहार गरी घाइते बनाएपछि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अदालतमा विचाराधिन छ ।


प्रकाशित : कार्तिक ४, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?