अछाममा ७ वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ 

साेही युवकद्वारा १४ वर्षीया अर्की बालिकामाथि बलात्कारको प्रयास
मेनुका ढुंगाना

अछाम — अछाममा ७ वर्षीया बालिका बलातकृत भएकी छन् भने १४ वर्षीया अर्की बालिकामाथि बलात्कारको प्रयास भएको छ । यी दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–५ का १८ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

अछाममा ७ वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ 

यी दुवै बलात्कारका घटनामा आफू संलग्न भएको ती युवकले स्वीकारेको प्रहरीले दाबी गरेको छ ।

कार्तिक २ गते बिहान १० बजेतिर १४ वर्षीय बालिका भेरीछाडा नवाशैन जंगलमा गाई–बाख्रा हेर्न गएको मौका छोपी आरोपी युवकले करणी गर्ने उद्देश्यले हातपात गर्न खोजेको प्रहरीले बताएको छ । उनी भाग्न सफल भई घरमा आएर सो कुरा बताएपछि ७ वर्षीया बालिकालाई समेत असोज ३ गते दिउँसो सोही वनको नवाशैन खोलामा जबरजस्ती करणी गरेको खुलेको हो ।


युवकले आफ्नो हातमा लगाएको घडी ७ वर्षीया बालिकालाई दिई ललाईफकाई जबरजस्ती करणी गरेको बालिकाका बुवाले प्रहरीलाई बताएका छन् । ललाईफकाई गरेको कुरा कसैलाई भने मारी दिने धम्की दिएकोले छोरीले डरले कसैलाई खबर नगरेको पीडित बालिकाको बुवाले बताए । आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए ।


प्रकाशित : कार्तिक ४, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?