१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

प्रवक्ता श्रेष्ठले भने, 'सचिवालय बैठकले संघीय संसद्‌का सांसद रामवीर मानन्धरले राजीनामा दिन दिनुभएको स्वीकृति पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।' उनका अनुसार अब तत्काललाई उपनिर्वाचनमा नजाने र वामदेव गौतम चुनाव नलड्ने निष्कर्ष निकालिएको छ ।


बर्दियाबाट गत निर्वाचनमा पराजित नेकपा नेता गौतमलाई सांसद बनाउन काठमाडौं ७ खाली गर्ने तयारीपछि सांसद मानन्धरले राजीनामाका लागि पार्टीलाई स्वीकृति पत्र दिएका थिए । तर, गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै नेकपाभित्र चर्को विवाद भएपछि उक्त विषय तत्काललाई स्थगित गरिएको थियो ।

त्यस्तै नेकपा बैठकमा सरकारको विषयमा संसद्‌मा नेता माधवकुमार नेपालले गरेको टिप्पणी, पार्टीका तल्ला तहको एकीकरणलगायत विषयमा पनि छलफल भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले कान्तिपुरसित भने, 'माधव कमरेडले संसद्‌मा बोलेको विषय, नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउने र पार्टीको आन्तरिक विषयमा सकारात्मक छलफल भयो ।' उनले पार्टीको तल्ला कमिटीहरुको समायोजनको विषयमा भोलि १ बजेका लागि फेरि बैठक डाकिएको बताए ।


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले पनि पार्टी समायोजन विषयमा छलफल गर्न भोलि (सोमबार) दिउँसो १ बजे बालुवाटारमै बैठक बस्ने तय भएको जानकारी गराए ।

यो पनि पढ्नुहोस्

सांसद बन्ने योजनाबाट पछि हटे गौतम


नेकपाका सांसद मानन्धरले भने, ‘पार्टीको स्वीकृतिपछि राजीनामा दिन्छु’

प्रकाशित : कार्तिक ४, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?