१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बिना अध्ययन वृक्षारोपण गर्दा जंगल स्वाहा

टीकाप्रसाद भट्ट

रामेछाप — सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका करिब ९० प्रतिशत सल्लोका रुख सुकेका छन् । तत्कालीन् जिल्ला वन कार्यालयले उक्त सल्लो रोपेको थियो । सल्लो सुकेपछि जंगल स्वाहा भएको छ । 

बिना अध्ययन वृक्षारोपण गर्दा जंगल स्वाहा

समुन्द्र सतहदेखि १ हजार मिटरमाथि मात्र हुने सल्लोको विरुवा होचो र धेरै गर्मी हुने मन्थली आसपासको क्षेत्रमा लगाउँदा उक्त कार्यालयले कुनै अध्ययन गरेको थिएन ।


जलवायू र माटो सुहाउँदो विरुवा लगाउनु पर्नेमा वृक्षारोपणको नाममा अध्ययन बिना होचो भागमा सल्लो लगाइएको थियो । मन्थली आसापासको क्षेत्र १ हजार मिटरभन्दा होचो भागमा पर्छ ।


स्थानीय शिवप्रसाद सुवेदीका अनुसार सानीमदौ क्षेत्रमा मात्र यो वर्ष सयौं सल्लो ठाडै सुकेका छन् । ‘१० मध्ये ९ सुकेका छन्’ सुवेदीले भने,‘अब हरियो गन्न सकिने मात्र बाँकी छन् । उक्त क्षेत्रमा करिब १५ वर्षअघि सल्लो रोपिएको थियो । सल्लोका रुखहरु झण्डै एक फिट गोलाई सम्मका भएका थिए ।


सल्लो रोपेपछि स्थानीय जातका रुखविरुवा नासिएका छन् । सल्लो जातको विरुवाले वरिपरी अन्य प्रजातिका विरुवा हुर्कन दिदैन । स्थानिय सतिवयर,धंगेरा,बोटधंगेरा,खयर,करम लगायतका विरुवाहरुको धेरै कमी भएको छ । ‘पहिलेका बिरुवा छैनन्, सल्लो पनि मर्‍यो’ सुवेदीले भने,‘बन उजाड जस्तै बनेको छ ।’


डिभिजन वन अधिकृत शभ्भु तिवारीले ठूलो परिणाममा सल्लो मर्नुका पछाडि विस्तृत अध्ययननै गर्नुपर्ने बताएका छन् । चिसो तापक्रममा हुने प्रजातिलाई तातो हावापानी र गर्मी हुने क्षेत्रमा लगाइएकाले सल्लो मरेको हुनसक्ने बलियो आधार रहेको उनले बताए । ‘अध्ययन गरेर मात्र विरुवा लगाउनु पथ्र्यो ’ तिवारीले भने,‘त्यति वेलाका साथिहरुले ख्याल पुर्‍याउनु भएनछ । ’


तिवारीका अनुसार मन्थली मात्र हैन, धेरै बेंसी क्षेत्रमा सल्लोको रुखहरु ठाडै सुकेका छन् । यसो हुनुमा जरामा लाग्ने रोग पनि हुन सक्ने आशंका उनले गरेका छन् । बाबियाखर्क,भलुवाजोर क्षेत्रमा पनि सल्लो नासिने क्रममा रहेको उनले बताए ।


तिवारीका अनुसार १ हजार मिटरभन्दा तलको भागमा सल्लो लगाउने नै हैन । ‘चिसो पाउञ्जेल ती थेगिए,जब तातो बढ्यो मरे’ तिवारी भन्छन,‘यतिञ्जेल सम्म जबरजस्ती बाँचे । ’


मन्थली आसपासको क्षेत्रमा उपयुक्त हुने विरुवा खयर, सिसौ र साल हो । कम वर्षा हुने सुख्खा क्षेत्रमा पछिल्लो वर्ष क्यासियो फष्टाएको छ । क्यासियोलाई कम पानीमा गर्मी सहने विरुवाको रुपमा लिइन्छ ।

प्रकाशित : कार्तिक ५, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?