२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रसुवागढीमा राखियो राष्ट्रिय झन्डा 

बलराम घिमिरे

रसुवा — नेपाली सेनाले रसुवागढीमा गढीको संक्षिप्त परिचयात्मक इतिहास उल्लेखित स्तम्भ निर्माण गरेको छ । उक्त स्तम्भमाथि २८.५ फिट अग्लो स्टिलको पोलमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।

रसुवागढीमा राखियो राष्ट्रिय झन्डा 

स्तम्भको दायाँबायाँको भागमा गढीको संक्षिप्त परिचयात्मक इतिहास नेपाली र अंग्रेजीमा उल्लेख गरिएको छ ।


ऐतिहासिकस्थल रसुवागढीमा नेपाली सेनाको कालीजंग गणले स्तम्भ र नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको हो । मध्यपृतना हेटौंडाका पृतनापति उपरथी सुर्वणबहादुर साहले रसुवागढीमा प्रतिस्थापन गरिएको नेपालको राष्ट्रिय झन्डा र स्तम्भको सोमबार उद्घाटन गरेका हुन् । सेनाले गढीको परम्परागत शैलीलाई कायम राख्दै स्तम्भ निर्माण गरी नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको कालीजंग गणका गणपति शीतल बानियाँ क्षेत्रीले बताए । उनले भने, 'गढीमा प्रतिस्थापन गरिएको नेपालको राष्ट्रिय झन्डा अन्तर्राष्ट्रिय नाकामा राखिने मापदण्डअनुसार रहेको छ ।'


रातिको समयमा पनि झन्डा फहराइएको देख्न मिल्ने गरी स्तम्भको माथिल्लो भागमा दुईवटा हेलोजन लाइट राखिएको छ । अब नेपाल र चीनको सीमा क्षेत्र रसुवागढी नाकामा चौबीसै घण्टा नेपालको राष्ट्रिय झन्डा फहराएको देख्न सकिन्छ । करिब ४ लाख ७० हजारको लागतमा नेपालको राष्ट्रिय झन्डा र स्तम्भ निर्माण गरिएको सेनाले बताएको छ ।


स्तम्भ निर्माण गर्न गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोग रहेको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?