कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

माधव ढुंगाना

भैरहवा — भारतको आजमगढ जिल्लास्थित जिएननगरमा सोमबार बिहान भएको सडक दुर्घटना परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार रिजर्व गरि तिर्थ गर्न बनारस गएका नेपाली सोमबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।दुर्घटनास्थल सुनौलीस्थित सिमादेखि १ सय ८० किमी दक्षिणमा पर्छ ।


मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ चावहिल सरस्वतीनगर निवासी ७५ वर्षीय गोरख श्रेष्ठ, उनका छोरा ४३ वर्षीय नविन श्रेष्ठ, बुहारी ३३ वर्षीया रमा श्रेष्ठ र भाइ नाता पर्ने ललितपुर ग्वार्को निवासी उपेन्द्रमान श्रेष्ठ छन् । गोरखकी श्रीमती शकुन्तला श्रेष्ठ र उपेन्द्रमानकी श्रीमती राम कुमारी श्रेष्ठ घाइते छन् ।


भारत आजमगढ जिल्लाको जिएननगर भन्ने स्थानमा पुगेपछि सडकमा रोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको थियो । कार चालक निदाएको कारण रोकिरहेको ट्रकमा ठक्कर दिएको र सुनौली निवासी चालक पनि घाइते भएको प्रारम्भिक जानकारी आजमगढस्थित जिएननगर थानाले जानकारी दिएको इलाका प्रहरी कार्यालय बेलहियाले बतायो ।

बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाका अनुसार काठमाडौंबाट आफन्त आएर शव र घाइतेलाई तीन वटा एम्बुलेन्समा मंगलबार बिहान नेपाल ल्याएका छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?