कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नगरपालिकामा शिक्षाका उपसचिव

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा मन्त्रालयले १ सय ६६ जना उपसचिवको सरुवा गरेको छ । तीमध्ये १ सय ५७ जनालाई नगरपालिकामा खटाइएको छ ।  

नगरपालिकामा शिक्षाका उपसचिव

स्वीकृत सांगठनिक संरचनाअनुसार मन्त्रालयमा कामविहीन उपसचिवका लागि २ सय ४५ नगरपालिकामा दरबन्दी कायम गरिएको थियो । दसैंअघि नै सरुवा गरिए पनि नामावली सोमबार अबेर सार्वजनिक गरिएको हो ।


मन्त्रालयका अनुसार २५ देखि ७५ हजारसम्म जनसंख्या भएका नगरपालिकाका उपसचिवले शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । दरबन्दी स्वीकृत भएका ८८ नगरमा भने मन्त्रालयले अझै उपसचिव खटाउन सकेको छैन ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांगठनिक संरचना सच्याएर नगरपालिकामा उपसचिव दरबन्दी थप गरेको हो । शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरी १ सय ९२ उपसचिवको दरबन्दी छ तर उपसचिवको संख्या ४ सय ८७ छ । २०६९ सालमा शिक्षाका कर्मचारी समायोजन गर्दा उपसचिवको संख्या दरबन्दीभन्दा बढी भएको थियो ।


उनीहरूलाई बिनादरबन्दी विभिन्न निकाय र जिल्ला शिक्षा कार्यालयमा उपजिल्ला शिक्षा अधिकारीको जिम्मेवारी दिएर खटाइएको थियो । स्थानीय तहमा पठाएर बाँकी बसेका उपसचिवलाई मन्त्रालयद्वारा सञ्चालित परियोजनामा खटाउने गरी मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?