२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्मार्ट लाइसेन्स दुई महिनाभित्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवस्था विभागले दुई महिनाभित्रै स्मार्ट लाइसेन्स बाँड्ने तयारी थालेको छ ।

स्मार्ट लाइसेन्स दुई महिनाभित्रै

त्यसका लागि ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड छाप्ने गरी निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मेवारी दिएको छ ।


कम्पनीले विभागको मीनभवनस्थित कार्यालयमै लाइसेन्स छाप्ने र एउटा कार्ड छापेबापत १५ रुपैयाँ पाउने सम्झौता छ । कार्ड छाप्न आवश्यक विशेष कागज र भौतिक सामग्री विभागले नै उपलब्ध गराउनेछ ।


विभागका अनुसार एक वर्षयता ट्रायल पास गरेका ५ लाखभन्दा बढी सेवाग्राही स्मार्ट लाइसेन्स पर्खिरहेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?