स्मार्ट लाइसेन्स २ महिनाभित्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवस्था विभागले दुई महिनाभित्रै स्मार्ट लाइसेन्स बाँड्ने तयारी थालेको छ  । त्यसका लागि ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड छाप्ने गरी निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मेवारी दिएको छ  ।

स्मार्ट लाइसेन्स २ महिनाभित्रै

कम्पनीले विभागको मीनभवनस्थित कार्यालयमै लाइसेन्स छाप्ने र एउटा कार्ड छापेबापत १५ रुपैयाँ पाउने सम्झौता छ । विभागका अनुसार एक वर्षयता ट्रायल पास गरेका ५ लाखभन्दा बढी सेवाग्राही स्मार्ट लाइसेन्स पर्खिरहेका छन् ।

प्रकाशित : कार्तिक ७, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?