जुम्ला सिंजामा जिप दुर्घटना, ३ को मृत्यु

एलपी देवकोटा

जुम्ला — जुम्लाको नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका– १ बड्कीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । 

जुम्ला सिंजामा जिप दुर्घटना, ३ को मृत्यु

बुधबार जुम्लाको सिंजा क्षेत्रमा दुईवटा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुम्ला खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्वरको बुलबुले यातायातको जिप विरामी लिन सिंजाको नराकोट पुगेर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रिजालले बताए ।


मृत्यु हुनेमा एक जना बच्चा, एक महिला र एक पुरुष छन् । उनले भने, '४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउनका लागि एम्बुलेन्स पठाइसकिएको छ ।'


घाइते चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रुमुख डिएसपी सिताराम रिजालले जानकारी दिए । उनका अनुसार डिएसपी रिजालले दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन नसकेको बताए । घाइते चारै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याउदै गरेको जानकारी दिए ।


दुर्घटना ग्रस्त जिप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको छ । घटना स्थलमा पुगेको प्रहरी टोलिले घाइतेलाई अस्पताल पठाइसकेको बताइएको छ । मृत्यु हुनेमा तिला ३ का वर्ष ३० का लाले सार्की, र उनको श्रीमती जानकी सार्की र ८ महिने छोरी महीमा सार्की रहेको बताइएको छ ।


यस्तै कनकासुन्दरी गाउँपालिका गोरुचौरमा पनि अर्को गाडी दुर्घटना भएको छ । ग १ य १०९७ वोलेरो गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । रारा देखि पर्यटक बोकेर फिर्ता हुँदै गरेको गाडी दर्घुटना भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

प्रकाशित : कार्तिक ७, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?