१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बृद्धालाई मलमुत्र खुवाउने तीन छिमेकी पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको उदयपुरगढी गाउँपालिका  मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई मलमुत्र खुवाएर यातना दिने छिमेकीलाई बिहीबार बिहान पक्राउ गरिएको छ ।

बृद्धालाई मलमुत्र खुवाउने तीन छिमेकी पक्राउ 

छिमेकी ५० वर्षीय बक्ते राई, उनकी ४७ वर्षीया श्रीमती गर्भी र छोरा ३२ वर्षीय देवबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले बक्ते, उनकी श्रीमती गर्भी र छोरा देवबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक ललनप्रसाद राउतकुर्मीले बताए । प्रहरी चौकी उदयपुरगढीको सहयोगमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरि ल्याउदै गरेको छ ।


पशु चौपाया छाडा छोड्दा आफनो बाली नष्ट भएको गुनासो गर्न पुगेकी बृद्धा रेश्मालाई ३ दिनअघि छिमेकी बक्तेको परिवारले कुटपिट गर्दै मान्छेको मलमुत्र खुवाएका थिए । कुटपिटबाट बृद्धा रेश्माको दायाँ आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक कुर्मीले वताए ।

छिमेकीले दिनहुँजसो आफनो बारीमा बस्तु छाडा छोड्दा लगाएको बाली नष्ट भएको वृद्धा राईले बताएकी छन् । बस्तु नछोडन भन्दा उल्टै कुटपिट गरेर दिसापिसाव खुवाएको उनी बताउछिन् । बृद्धालाई यातना दिने तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई पुयाएपछि हिरासतमा लिएर अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?