नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकको नाम सुन्दा धेरैको मनमा धुलो, खाल्डो, जाम र ज्यानै लिने पहिरोको त्रासको नमिठो सम्झनाको आँधी हुरी नै चल्छ ।

नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]
नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

काठमाडौं भित्रिने देशको यो मुख्य सडकमा दिनहुँ १० औं हजार गाडी ओहरदोहर गर्छन् । यो सडकलाई फराकिलो बनाउने काम सुरु भएपछि बेहोर्नु परेको अस्तव्यस्तताले धेरै यात्रुलाई पिरल्यो । तर यो पिर व्यथा अब बिगत भएको छ ।

नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

साँझमा तपाई यात्रा गर्दै हुनु हुन्छ भने लाग्छ सडकमै दिपावली भएछ । रातको समयमा चालकलाई सडक सिमा अवगत गराउन सडक छेउमा क्याट आइज राख्ने चलन नौलो होइन । गाडीको बत्तीको प्रकास गरेपछि टल्कने यी बट्टाहरु देशका अन्य सडकमा पनि छन् । तर, नारायणगढ–मुग्लिन सडकमा यसरी बान्की मिलाएर क्याट आइज राखिएको छ कि त्यसले तिहारको घर आँगनको झल्को दिन्छ । 

नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

दुई वर्षभित्र काम सक्ने गरेर ७२ सालको बैशाखमा निर्माण सम्झौता भयो । तर, सम्झौता भएको पाँच दिन नबित्दै विनासकारी भुकम्प आयो । बल्ल बल्ल काम के सुरु भएको थियो देशमा नाकाबन्दी र इन्धान अभावको समस्या आयो । गाडीको चापमा काम गर्न त्यसै त गाह्रो थियो, त्यसपछि पहिरोको अर्को दुख थपियो । पहिरोले काममा मात्र समस्या ल्याएन, सात यात्रुको ज्यानै लियो ।

नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

कहिले रातमा गाडी बन्द गरेर काम भयो, कहिले दिनमा छ घण्टा आठ घण्टा गाडी बन्द गरेर काम गर्नु पर्‍यो । ३६ किलो मिटर लम्बाइको यो बाटो पार हुन त्यसै त दुई घण्टा तीन घण्टासम्म लाग्थ्यो त्यसमाथि पहिरो गए बाटो खुल्ने समयको ठेगानै हुँदैन थियो । पहिरोले लगातार ४३ घण्टासम्म बाटो ठप्पै भयो । यस्ता कथा व्यथाले नारायणगढ–मुग्लिन सडकको यात्रा सकसको पर्या बनेको थियो । 

नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

एक त समस्यै समस्या त्यसमाथि नेपालमा निर्माण आयोजनाको सुस्त चाल, त्यसैले यो सकस कति वर्ष बेहोर्नु पर्ला भन्ने अन्दाज लगाउने आँट पनि गर्न गाह्रो थियो । तर, काम भइनै रह्यो र अनेक समस्याका बीचमा सुरुमा तोकेको भन्दा १५ महिना ढिला गरेर सडक विस्तारको काम पुरा भयो । अहिले नौदेखि ११ मिटर चौडा यो सडक पहिला साढे पाँच मिटर मात्रै फराकिलो थियो ।

नारायणगढ–मुग्लिन सडकको नयाँ रुप [फोटोफिचर]

त्यसैले यो सडकमा अहिले यात्रा गर्दा फरक अनुभुति हुन्छ । चितवन उद्योग संघका पुर्व अध्यक्षका हरिप्रसाद सुवेदी विदेशी सडककै झल्को आउने बताउँछन् । ‘म चैतमा अष्ट्रेलिया गएको थिएँ । त्यहाँ सिड्नीबाट क्यानबेरा जाँदा देखेको सडककै झल्को आउने खालको बनेछ यो सडक’ सुवेदीले भने । केही समस्याहरु कायमै छन् । तर, यात्रा गर्दा सडक शानदार नै देखिन्छ । तस्बिरहरु : रमेशकुमार पौडेल/कान्तिपुर । 


प्रकाशित : कार्तिक ११, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?