३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अत्यावश्यक निर्णयका लागि बस्यो मन्त्रिपरिषद्को छोटो बैठक

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय
दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएकाले आइतबार मन्त्रिपरिषद्को छोटो बैठक बस्यो । राष्ट्रपतिको भ्रमण स्विकृत र  मेलसियासँग श्रम सम्झौता सम्बन्धि अत्यावश्यक निर्णय गर्नै पर्ने भएकाले प्रधानमन्त्रीको अस्वस्थताकाबीच पनि आइतबार बैठक बसेको हो ।

अत्यावश्यक निर्णयका लागि बस्यो मन्त्रिपरिषद्को छोटो बैठक

बैठकले सोमबारबाट हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्विकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।


राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिको भ्रमण मन्त्रिपरिषद्ले स्विकृत गर्नुपर्छ ।


बैठकले मलेसियासँगको श्रम सम्झौता गर्ने अख्तियारी श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई दिएको छ । नेपाल र मलेसिया सरकारबीच कामदार आपूर्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला शेघरान नेपाल आएका छन् ।


बैठकले बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय समेत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यसअघि पनि सरकारले उपाध्यायलाई हटाएको थियो । तर उपाध्यायलाई सर्वोच्च अदालतले पुनर्बहाली गराएको थियो ।

प्रकाशित : कार्तिक ११, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?