२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र चिनीको मात्रामा असन्तुलन : अस्पताल

दुर्गा खनाल, अतुल मिश्र

काठमाडौँ — मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीको छातीमा संक्रमण भएको र चिनीको मात्र असन्तुलित रहेको जनाएको छ । उनलाई सोमबार बिहान सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र चिनीको मात्रामा असन्तुलन : अस्पताल

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएका हुन् ।

'उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दछौं' उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीको कोरोनरी केयर यूनिट (सीसीयू) को विशेष कोठामा उपचार भइरहेको छ । चिकित्सकहरुले केही दिन अस्पतालमै राख्नु पर्नेसमेत बताएका छन् ।


चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान अस्पताल भर्ना भएका थिए । यसअघि कान्तिपुरसंगको कुराकानीमा अस्पतालका प्रा‍. डा. अरुण सायमीले भइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको बताएका थिए । उनले भने, 'फोक्सोमा भएको संक्रमणको उपचार भइरहेको छ । नशाबाट एण्टोबायोटिक दिइरहेको छ ।'

भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट रोकेका प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी भएका थिए ।


यो पनि पढ्नुहोसः

- प्रधानमन्त्री ओलीलाई मौसमी रूघाखोकी, अझ तीन दिन घरमै आराम गर्न चिकित्सकको सल्लाह


प्रकाशित : कार्तिक १२, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?