कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतारको चारदिने राजकीय भ्रमणमा निस्किएकी छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन,सभामुख कृष्णबहादुर महरा लगायतले बिदाई गरे ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]
राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अल–थानीको निमन्त्रणमा त्यसतर्फ गएकी हुन् ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

कतारमा नेपालका राष्ट्रपतिले गर्न लागेको यो दोस्रो भ्रमण हो। यसअघि प्रथम राष्ट्रपति रामवरण यादवले कतार भ्रमण गरेका थिए। झन्डै चार लाख नेपाली कार्यरत कतारमा उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपालको छ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

भण्डारीले कात्तिक १३ मा कतारी अमिर तमिमसँग औपचारिक संवाद गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण क्रममा भण्डारीले कतार फाउन्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिर, नेपाली व्यवसायी र समुदायसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

कतारमा रहँदा भण्डारीले समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने छिन्।राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च सरकारी अधिकृत सहभागी छन्।

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

प्रकाशित : कार्तिक १२, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?