कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निर्माण व्यवसायी शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ

महानगरीय प्रहरीले पक्राउ गर्‍यो तीन जना
जनकराज सापकोटा

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनजालाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले लोप्साङ लामा, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । पक्राउ परेका अम्बरबहादुर राना मगरले मुख्य सुटरको काम गरेका थिए ।

निर्माण व्यवसायी शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ

उनीहरुको साथबाट नेपाली र भारतीय नम्बरको सिम, मोबाइल र इन्टरनेट चलाउन प्रयोग गरिने डंगोल बरामद गरिएको थियो ।


प्रहरीले उनीहरुलाई कहाँबाट पक्राउ गरिएको खुलाएको छैन । सोमबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृतमा बताइने प्रहरी स्रोतले जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनजना मध्ये एकले गौचनलाई गोली प्रहार गरेका थिए ।

पक्राउ परेका लोप्साङ भनिने सोम तामाङले २०७३ साल पुस ९ गते रुपन्देहीको देवदह-७ खैरेनीमा दुर्गा तिवारीलाई गोली हानेका थिए ।

यस्तै प्रहरीका अनुसार रानाले २०७३ साल चैत्र २९ गते ९ बजेर २२ मिनेटमा काठमाडौं, बौद्ध नयाँ वस्ती पार्टी प्यालेसको जिम क्लवमा काभ्रेका गुण्डा दावा लामालाई गोली प्रहार गरी घाइते बनाएका थिए ।


गौचनको राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा २०७४ साल आश्विन २३ गते गौचनको हत्या भएको हो । बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर घरबाट निस्केको केहीबेरमा उनी माथि गोली प्रहार गरिएको थियो ।


गौचनको मुटु, कलेजो र पेटमा एक/एक वटा गोली लागेको थियो ।

प्रहरीले तीनै जनाले अपराध स्विकार गरिसकेको बताएको छन् भने थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : कार्तिक १२, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?