कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — उखु किसानको ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी नगरेको आरोपमा प्रहरीले चिनी उद्योगका मालिक राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

प्रहरी परिसर काठमाडौंले बुधबार उनलाई त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरेको हो ।


उनको सर्लाहीमा ईन्दिरा सुगर एण्ड एग्रो प्रालि र अन्नपूर्ण सुगर मिल्स प्रालि नामक दुई चिनी उद्योग रहेको छ । किसानबाट उखु खरिद गरेर वर्षौदेखि भुक्तानी नदिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि किसानको पैसा नतिरेको भन्दै गृह मन्त्रालयले उनलाई पक्राउ गर्न अग्रसरता देखाएको थियो । गृहले पक्राउका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेपछि परिसरले त्यसैका आधारमा उनलाई पक्राउ गरेको हो ।


प्रहरी परिसर काठमाडौंले उनलाई गृहको पत्रका आधारमा जरुरी पक्राउ पुर्जी काटेर पक्राउ गरेको हो । परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले उनलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश कुरिरहेको बताए ।

प्रकाशित : कार्तिक १४, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?