३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डीआइजी भण्डारीकाे दुर्घटना बारे छानबिन गर्न डीआइजी जोशी घटनास्थलमा

नगेन्द्र अधिकारी

काभ्रे — नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) सुशीलकुमार भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको छानविन गर्न डीआइजी पूर्णचन्द्र जोशी नेतृत्वको टोली काभ्रे आएको छ ।

डीआइजी भण्डारीकाे दुर्घटना बारे छानबिन गर्न डीआइजी जोशी घटनास्थलमा

जोशी नेतृत्वको टोली मण्डनदेउपुर ६ भोटारस्थित दुर्घटनास्थल पुगेर थप अनुसन्धान गर्ने काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।

डीआइजी भण्डारीसहितको दुर्घटना ‘शंकास्पद’ भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । कार्तिक १० गते मण्डनदेउपुर ६ मा भएको दुर्घटना भण्डारीसहित पत्रकार जीवन पराजुली र नेपाल ट्रेड यूनियन कांग्रेस प्रदेश ३ का अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो ।


काभ्रे प्रहरीले डीएसपी दिपक गिरीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । गत आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी खड्का, पत्रकार महासंघलगायतका सरोकारवालाहरुको टोली घटनास्थल पुग्दा हाइटेन्सन लाइन छुने अवस्था नरहेको, सहज अवस्थामा पनि लिक छाडेर ‘लापरवाहीपूर्ण’ तरिकाले गाडी चलाएको पाएको थियो ।

६ जना सवार निजी गाडी व्यवसायी प्रदिप बोगटीले चलाएका थिए । घटनामा ३ जनाको मृत्यु भएको थियो भने बाेगटीसहित घाइते ३ जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाकाे अनुसन्धानका लागि बाेगटीलाई बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रे पुर्‌याइएकाे छ । उनलाई थुनामा राख्न १० दिन म्याद थप गरिएकाे छ ।

प्रकाशित : कार्तिक १५, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?