१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश ३ का मन्त्री स्थापित बर्खास्त

प्रताप बिष्ट

हेटौडा — प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।

प्रदेश ३ का मन्त्री स्थापित बर्खास्त

स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उनी बिहीबार काठमाडौं गएका थिए । उनले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन् ।


'अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहान नगर्ने भएकाले हटाइएको हो,' पौडेलले कान्तिपुरसँग भने ।


मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक-पटक अपमान गरेको आरोप लाग्दै आएको थियो । बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए ।


१३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन ।


मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित भएका थिए । ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन्,’ एक मन्त्रीले भनेका थिए, ‘स्थापित कहिल्यै गम्भीर नहुने स्वभावका रहेछन् ।’


मन्त्री स्थापितले भने आफ्नो अलि ठूलो स्वर भएको तर अभद्र व्यवहार नगरेको बताएका थिए ।

प्रकाशित : कार्तिक १६, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?