कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक, अब मासिक ११ सय रिंगिट पाइने

कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् ।

मलेसिया सरकारले बढायो कामदारको पारिश्रमिक, अब मासिक ११ सय रिंगिट पाइने

सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।


हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ । हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।

सरकारले केही महिनाअघि पारिश्रमिकमा बृद्धि गरी आगामी वर्ष जनवरीदेखि लागू हुने गरी एक हजार ५० रिंगिट कायम गरिने जनाएको थियो । त्यसपछि कामदारसँग सरोकारवाला विभिन्न संघसंस्थाहरु मलेसियन ट्रेड युनियन कंग्रेस, नेशनल युनियन अफ बैंक ईम्प्लोइज, मलेसिया मुडा, पार्टी सोसियालिस्‌लगायत संस्थाका सयभन्दा बढी प्रतिनिधिहरुले संसद भवन बाहिरसमेत प्रदर्शन गरेका थिए । ती मागका सम्बन्धमा मानव संशाधन मन्त्री एम कुला गेसरनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्री कुलाले ती मागका सम्बन्धमा अबिलम्ब मन्त्रिपरिषद्‍मा छलफल गरिने वचनबद्धता दिएका थिए ।

मलेसियामा बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । तर कतिपय रोजगारदाता भने सरकारले ल्याएको न्युनतम पारिश्रमिक बृद्धिप्रति सहमत छैनन् । मलेसियाले हरेक दुई दुई वर्षमा ‘न्युनतम पारिश्रमिक नीति’ मा पुनरावलोकन गर्ने प्रावधान छ ।


प्रकाशित : कार्तिक १६, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?