१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँच दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री निवास फर्के

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली पाँच दिन अस्पताल बसाइपछि शुक्रबार राति निवास फर्केका छन् । उनी शुक्रबार साँझ ७ बजेर ३५ मिनेटमा अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

पाँच दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री निवास फर्के

प्रधानमन्त्रीलाई गत सोमबार राति फोक्सोको संक्रमणले गर्दा सास फेर्न असजिलो भएपछि मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनलाई सोमबार बिहान ४ बजेर ३० मिनेटमा सेन्टरको कोरोनरी केयर युनिट (सीसीयु) भित्र रहेको विशेष क्याविनमा भर्ना गरिएको थियो ।


‘प्रधानमन्त्रीज्यु स्वास्थ्यलाभ गरेर शुक्रबार राति डिस्चार्ज हुनु भयो’, सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले भने–‘उहाँको परीक्षण प्रतिवेदनहरु सामान्य छ ।’ चिकित्सकहरुका अनुसार प्रधानमन्त्री आइतबार वा सोमबारदेखि आफ्नो नियमित काममा फर्किनेछन् ।


६७ वर्षीय प्रधानमन्त्रीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण भएको थियो ।

प्रकाशित : कार्तिक १६, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?