३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समृद्धिको नयाँ यात्रातिर जानुपर्छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताएका छन् । 

समृद्धिको नयाँ यात्रातिर जानुपर्छ : दाहाल

नेपाली कांग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै दाहालले राजनीतिक दल, बुद्धिजीवी र नागरिकहरुका बीचमा एकता नभईकन राजनीतिक स्थिरता र विकास जनताको भावना र आवश्यकता परिपूर्ति नहुने बताए । दाहालले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्‍याउने, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, निर्वाचन सम्पन्न गरेको भन्दै जनताको चाहनाअनुसार विकास र समृद्धिको नयाँ यात्रातिर जानुपर्नेमा जोड दिए । उनले राष्ट्रिय एकताका आधारमा मात्रै देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भएको उल्लेख गरे ।


विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष दाहालले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताए । तर, परिवर्तन अझै राम्रोसँग संस्थागत भइनसकेको दाहालको भनाइ थियो ।

प्रकाशित : कार्तिक १६, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?