पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छुः देउवा

रासस

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्।  

दशैँ, तिहार, छठ तथा नेपाल संवत्‌को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कांग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि कांग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए ।

Yamaha


उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक कांग्रेसले निर्वाचन जित्न सक्ने विचार व्यक्त गरे । उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताए ।

प्रकाशित : कार्तिक १७, २०७५ १४:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गरिनेः दाहाल 

रासस

बुटवल — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयता सहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन्।  

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको शनिबार निरीक्षणका क्रममा उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताए।

उनले भने,'बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ ।' विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उनको भनाइ थियो ।

सो अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै ५५ प्रतिशत काम सम्पन्न भएको बताएका थिए ।

अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुगेका थिए ।

प्रकाशित : कार्तिक १७, २०७५ १३:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT