कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘मधेसवादी दलबाट संविधान संशोधन हुँदैन’

कान्तिपुर संवाददाता

धनुषा — कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेसको समस्या समाधान मधेसवादी दलबाट सम्भव नहुने बताएका छन् । 

‘मधेसवादी दलबाट संविधान संशोधन हुँदैन’

‘संविधान संशोधनले मधेसको समस्या समधान हुन्छ,’ उनले भने, ‘संविधान संशोधन मधेसवादी दलबाट कहिल्यै हुन सक्दैन । मधेसवादी दललाई कम्युनिस्ट सरकारले आफ्नो जालोमा पारेर ठगेको छ ।’ जनकपुर शनिबार आयोजित कार्यक्रममा उनले मधेसवादी दलले मधेसको एजेन्डा स्थापित गर्न नसकेको टिप्पणी गरे । ‘संघीय प्रणालीमा संघीय सरकारका साथै प्रदेश सरकारलाई समेत जनतालाई न्याय दिलाउनुपर्नेमा पृष्ठपोषणमा लागेको छ,’ उनले भने ।


सर्लाहीको रामनगरमा कांग्रेसका कार्यकतामाथि गोली चलाउनलाई संघीय र प्रदेश सरकार दुवै मिलेर दोषिलाई उम्काउन खोजेको निधिले आरोप लगाए । प्रदेश सरकारले प्रदेश प्रहरी सेवा ऐन बहुमतबाट पारित भएकोमा खुशी व्यक्त गर्दै निधीले प्रदेश प्रहरी ऐनमा नेपाली कांग्रेसको पूर्ण सहमत रहने प्रस्ट पारे ।

प्रकाशित : कार्तिक १७, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?