कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शिलान्यासको १७ वर्ष सम्म निर्माण सुरु हुन सकेन

अवधेशकुमार झा

सप्तरी — शिलान्यास भएको १७ वर्ष बित्दा पनि सप्तरीको तिलाठीस्थित तृप्ती मेमोरियल नाक, कान, घाँटी अस्पतालको निर्माण सुरु हुन सकेको छैन  ।

शिलान्यासको १७ वर्ष सम्म निर्माण सुरु हुन सकेन

यस अवधिमा अस्पतालका लागि छुट्टयाइएको जग्गालाई चारैतिरबाट पर्खालले घेर्ने र त्यसभित्र एउटा घरको स्वरूप निर्माणबाहेक अरू कुनै काम हुन सकेको छैन । एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी सन् २००१ मा उक्त अस्पतालको शिलान्यास भएको थियो ।

आँखा, नाक, कान र घाँटीको उपचारका लागि सगरमाथा अञ्चल र जनकपुर अञ्चलमा एकै ठाउँमा छुट्टै विशेषज्ञसहितको अस्पताल नभएपछि सप्तरी सदरमुकाम राजविराजदेखि १० किमि दक्षिण नेपाल–भारत सीमावर्ती गाउँ तिलाठीमा अस्पतालका लागि सोही ठाउँका डा. अनिलकुमार झाको परिवारले तथा अन्य स्थानीयले साढे ३ बिघा जग्गा दान दिएका थिए ।

२००१ मा बीपी कोइराला नेत्र अध्ययन केन्द्रका तत्कालीन प्रमुख डा. शशांक कोइरालाले शिलान्यास गरेका थिए । ‘गाउँमै विशेषज्ञ सेवासहितका अस्पताल खुल्न लागेको खबरले स्थानीय उत्साही थिए,’ नीरजकुमार झाले भने । तर १७ वर्ष बितिसक्दा पनि निर्माण अघि नबढ्दा अस्पताल सञ्चालनमा द्विविधा उत्पन्न भएको छ ।

अस्पतालका अध्यक्ष डा. अनिलकुमार झाले अस्पताल चाँडै सञ्चालनमा आउने दाबी गरे । उनले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ ले भवन निर्माणमा सहयोग गर्ने आश्वासन दिएको बताए । यद्यपि तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले उक्त अस्पताल निर्माणका लागि बजेट दिने विषयमा कुनै छलफल नभएको बताए ।

प्रकाशित : कार्तिक १८, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?