ट्र्याक्टर दुर्घटनामा २ को मृत्यु, १५ घाइते

भवानी भट्ट

कञ्चनपुर — पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–८ कान्लापुल नजिकै मलामी बोकेर फर्केको ट्र्याक्टर र कुखुरा बोकेको गाडी ठोक्किदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जसमध्ये ६ जनालाई उपचारका लागि धनगढी तथा भारतका विभिन्न अस्पतालमा रेफर गरिएको छ ।

ट्र्याक्टर दुर्घटनामा २ को मृत्यु, १५ घाइते

महाकालीबाट फर्केको से १ त ५४२२ नम्बरको ट्र्याक्टरलाई कुखुरा बोकेका म १ च ३११ नम्बरको जीपले ठक्कर दिँदा वेदकोट–५ का ३२ वर्षीय प्रेमसिंह धामी र ३५ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि भारततर्फ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । अन्यको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।


ट्र्याक्टर र कुखुरा बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको डिएसपी ओझाले बताए ।


प्रकाशित : कार्तिक १८, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?