रेल्वे लिकको परिक्षण गर्न विराटनगर आइपुग्यो भारतीय रेलको इन्जिन [तस्बिर र भिडियो]

देवनारायण साह

मोरंग — भारतको बथनाहाबाट विराटनगरको बुद्धनगर-१८ सम्म बिछ्याइएको रेल्वे लिकको परिक्षणका लागि पहिलोपटक भारतीय रेलको इन्जिन विराटनगर आइपुगेको छ । भारतको रेल्वे विभागका इन्जिनियरिङ र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको केही समय अघि जाँच गरेसँगै आइतबार परिक्षण स्वरुप यहाँसम्म रेल गुडाइएको हो । 

रेल्वे लिकको परिक्षण गर्न विराटनगर आइपुग्यो भारतीय रेलको इन्जिन [तस्बिर र भिडियो]

भारत सरकारले मोरङको कटहरीसम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिदिने नेपाल सरकारसँग भएको सम्झौताअनुसार निर्माण कार्य गरेको थियो । भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरेको हो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गरिदिने गरी द्विपक्षीय सम्झौता भएको थियो ।


रेलमार्ग निर्माणका ठेक्का पाएका इरकोण इन्टरनेसनल फार्बिसगन्ज, भारतले यसअघि नै अक्टोबरसम्ममा विराटनगर रेल आइपुग्ने बताएको थियो ।


बथनहा–विराटनगर–कटहरी र जयनगर–जनकपुर–बर्दिबासमा रेल आएपछि थप तीन नाकामा रेल सेवा विस्तार गर्ने भारत सरकारको लक्ष्य छ । यी दुईवटा रेल्वे निर्माण भएपछि काँकडभिट्टा, भैरहवा र नेपालगन्ज नाकामा रेल सेवा विस्तार गर्ने भारतीय लक्ष्य छ ।

तस्बिर र भिडियो : देवनारायण साह

प्रकाशित : कार्तिक १८, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?