स्वास्थ्य सचिव चौधरी काममा फर्किइन्

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य सचिव डा पुष्पा चौधरी आइतबारबाट फर्किएकी छन् । गत कार्तिक ७ गते उनलाई प्रधानमन्त्री केपी ‌‌ओलीको ठाडो निर्देशनमा दायित्वविमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको थियो ।

स्वास्थ्य सचिव चौधरी काममा फर्किइन्

मन्त्रिपरिषद् कार्यालयमा उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । उक्त निर्णयको विरुद्धमा सचिव चौधरीले गत बिहीबार सर्वोच्च अदालतमा रिट दयार गरेकी थिइन् । सर्वोच्चले शुक्रबार प्राम्भीक सुनुवाई गर्दै मन्त्रालयमा फर्कन अन्तरिम आदेश दिएको थियो ।


डाक्टर चौधरीले आफू आइतबार १२ बजे मन्त्रालयमा हाजिर भएको कान्तिपुरलाई बताइन् । कानुनत: मन्त्रिपरिषदको निर्णयबिना सचिवहरूको सरुवा गर्न मिल्दैन ।


यो पनि पढ्नुहोसः

दुई सचिवको जिम्मेवारी खोसियो

प्रकाशित : कार्तिक १८, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?