झारफुक भन्दै बलात्कार

कान्तिपुर संवाददाता

बर्दिया — झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

झारफुक भन्दै बलात्कार

क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले प्रहरीमा उजुरी दिएपछि थारू पक्राउ परेका हुन् । थारू समुदायमा झारफुक गर्नेलाई गुरुवा भनिन्छ । अन्धविश्वासका कारण अझै पनि थारू महिला झारफुकमै भर पर्छन् ।


राति फोन गरी झारफुक गर्न बोलाउने र भनेको नमाने रोग निको नहुने भनेपछि केही समय सहेरै बसेको तर रोग बढ्दै गएपछि प्रहरीमा उजुरी गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् । प्रहरी निरीक्षक वसन्त गौतमले थारूलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको बताए ।


रोगबाट थला परेपछि अहिले ती महिलाको चितवनस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनका पति र २ छोरा रोजगारीका लागि विदेशमा छन् । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २० किमि उत्तरमा पर्छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?