कांग्रेसद्वारा वामपन्थी नेता तुलाधरको निधनमा दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्यमन्त्री तुलाधरको निधनमा दुःख व्यक्त गरेका हुन् । 'स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारकर्मी तथा वामपन्थी नेता तुलाधरको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले स्व तुलाधरको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना हुनुभएका तुलाधरको आज अपराह्न निधन भएको थियो । स्व तुलाधरका श्रीमती दुई छोरी र दुई छोरा छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ २१:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यस्तो थियो पीपीएलमा काठमाडौं र चितवनको भिडन्त [तस्बिरहरु] 

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएपछि चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेल जित्ने क्रममा चितवनले आइतबार इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेको काठमाडौं १९.३ ओभरमा ९४ रनमा अल आउट भयो । चितवनले १० बल अगाडि लक्ष्य पूरा गर्दै फाइनल स्थान सुरक्षित गरेको हो । मंगलबार हुने फाइनलमा चितवनले पोखरा पल्टनको सामना गर्नेछ ।

प्रकाशित : कार्तिक १८, २०७५ २१:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT