कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सचिव चौधरीलाई फेरि जिम्मेवारीबाट हटाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई पुन: जिम्मेवारीबाट हटाइएको छ । 

सचिव चौधरीलाई फेरि जिम्मेवारीबाट हटाइयो

दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि चौधरी आइतबार मन्त्रालय फर्किएर काम सम्हालेकी थिइन् । तर मुख्यसचिव लोकदर्शन रेग्मीले अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा आएपछि मात्र कार्यान्वयन हुने कानुनी व्यवस्थाविपरीत चौधरी आफैं मन्त्रालयमा हाजिर भएकामा आपत्ति जनाउँदै पुन: मन्त्रिपरिषद्‌मा फर्काएको जानकारी अधिकारीहरूले दिएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले अन्तरिम आदेश दिएका थिए ।


चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा पठाइएपछि आइतबार मन्त्रालयको वेबसाइटमा निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलको नाम राखिएको थियो । तर, मंगलबार चौधरीको नाम हटाएर पुन: निमित्त सचिव प्याकुरेलको नाम राखिएको छ ।


दुई साताअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबाबमा प्रधानमन्त्री केपी ओलीले चौधरीलाई जिम्मेवारीमुक्त गरेर मन्त्रिपरिषद् कार्यालयमा सारेका थिए । अधिकारीहरूका अनुसार मन्त्री यादवकै दबाबमा मुख्यसचिव रेग्मीले चौधरीलाई जिम्मेवारीबाट हटाई पुन: मन्त्रिपरिषद्मा हाजिर हुन निर्देशन दिएका हुन् ।


स्वास्थ्यका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वेबसाइटमा सचिवको नाम परिवर्तन गर्नेबारे मन्त्रालयमा कुनै औपचारिक निर्णय नभएको कान्तिपुरलाई बताए ।

प्रकाशित : कार्तिक २०, २०७५ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?