१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमेरिकी राज्य मेरिल्याण्डको तल्लो सदनमा नेपाली मुलका ह्यारी निर्वाचित

कान्तिपुर संवाददाता

न्यूयोर्क — नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् । 

अमेरिकी राज्य मेरिल्याण्डको तल्लो सदनमा नेपाली मुलका ह्यारी निर्वाचित

मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी, पहिलो नेपाली मुलका अमेरिकी हुन् ।


मेरिल्याण्ड राज्यमा रहेका ४७ ड्रिस्ट्रिक बाट हाउस अफ डेलिगेटमा एक सय ४१ जनाले प्रतिनिधित्व गर्दछन् ।


गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ड्रिस्ट्रिक ८ को प्रारम्भीक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम प्रतिस्पर्धामा भण्डारीले दोस्रो स्थान हात पार्दै हाउस डेलिगेटमा चुनिएका हुन् ।


सन २०१४ मा निर्वाचनमा होमिएका भण्डारी, प्रारम्भिक चरणमै पराजित भएका थिए। प्राध्यापन पेशामा संलग्न भण्डारीले यसपटकको चुनावी अभियानको क्रममा १५ हजार घर दैलो चहारेका थिए ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाटिक पार्टीमा करिब एक दशकभन्दा बढी समय देखि सक्रिय छन् । विजयी भएपछि भण्डारीले मतदाताहरुलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : कार्तिक २१, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?