राष्ट्र निर्माणमा एकताको खाँचो छ – खनाल

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षबीच एकता र सहकार्य हुनुपर्ने बताएका छन् । 


रिपोर्टर्स क्लबले उनकाे निवासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेता खनालले जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनीकरण गर्न आवश्यक रहेको बताउँदै विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनपर्ने बताए।

मुलुकको विकास तथा आर्थिक समृद्धि जनताको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनकाे भनाइ थियो।

पाटीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औँल्याउँदै उनले भने, 'नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ, समूहको एकताबाट नै समाज पनि विकास हुन्छ, एक व्यक्ति सर्वज्ञ हुँदैन।’

नेता खनालले पार्टीको एकीकरणमा ढिलाई भएको स्वीकार्दै त्यस विषयमा निर्णय लिन चाँडै सचिवालय बैठक बस्ने बताए।

प्रकाशित : कार्तिक २२, २०७५ १२:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल सम्वत्‌को पर्वतमा भव्य स्वागत

अगन्धर तिवारी

पर्वत — ११ सय ३८ वर्षअघि शंखधर साख्वाले काठमाडौं खाल्डोका विपन्न समुदायको ऋणमोचन गरेको दिनलाई उतिबेला नेवार समुदायका सर्वसाधारणले उत्सवका रुपमा मनाए । त्यही दिनदेखि नयाँ वर्षको रुपमा मनाउँदै आएका नेवारी समुदायले अहिले पनि गोवर्धन पूजा (म्हपुजा) को दिनलाई नयाँ वर्षका रुपमा मनाउँदै अाएका छन् ।

काठमाडौं र भक्तपुरबाट बसाई सरि पर्वत आएका नेवारी समुदायले आज नेपाल सम्वत् ११३९ औं नयाँ वर्षको स्वागत गरिएको स्थानीय अगुवा बिष्णु नेवारले बताए। नेवास् देय् दबु जिल्ला कार्यसमितिको अगुवाइमा बिहानैदेखि कुश्माका नेवार समुदायले नयाँ वर्ष मनाएका हुन्।

नेवास् देय् दबुका जिल्ला अध्यक्ष समेत रहेका बिष्णु नेवारका अनुसार बिहान सबेरै उठेर नुहाइधुहाइपछि घरघरबाट कलश र घडासहित नेवारी पोशाकमा किशोरीलाई अघि लगाएर घरबाहिर निस्किनुपर्छ।
हरेक घरबाट कलशसहित बाहिर निस्किएका नेवार समुदाय कुश्माकै भिमसेन मन्दिरमा भेला हुन्छन्। मदिरमा सबै भेला भएपछि सामुहिक प्रभातफेरी हुन्छ। बाटोमा भेटिएकाजति सबैलाई ‘न्हुँ द या भिन्तुना’ भन्दै खुशी साटासाट गर्ने चलन छ। सामुहिक प्रभातफेरीले बजार परिक्रमा गरिसकेपछि एकै ठाउँमा भेला भएर अगुवाले नयाँ पुस्तालाई शंखधर साख्वा र नेवारी इतिहासबारे प्रस्ट्याउँछन्।

त्यसबेला नेवारी पोशाक र संस्कृति अनि नेपाल सम्बतका १२ वटै महिना र वर्षभरिको महत्वबारे बुझाउँछन्। १२ औंशीको एक वर्ष मनाइने नेपाल संवत्मा वर्षभरिका हरेक दिनको छुट्टाछुट्टै महत्व हुने अगुवा सिपी श्रेष्ठले बताए।
आजै साँझ म्हपुजा अर्थात आत्मपुजा गर्दा वर्षभरिका १२ महिनाको महत्व झल्किनेगरि सामाग्री जुटाएर आत्म शुद्ध गर्ने चलन छ। आज गरेको म्हपुजाले वर्षभरि गरेको जुठोलाई शुद्ध बनाउन सकिने जनविश्वास छ।

प्रकाशित : कार्तिक २२, २०७५ १२:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT