शङ्खधर साख्वा : न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् । नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उहाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

Yamaha

नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ, ”प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवत्ले हामीलाई झक्झक्याउदै आएको बताएका छन् । शङ्खधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल हुनुभएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

“काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवत्का प्रवर्तक,समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाल्पामा पनि नेपाल सम्वत्‌काे स्वागत

कान्तिपुर संवाददाता

पाल्पा — नेपाल सम्वत्‌ ११३९ काे स्वागतमा पाल्पा सदरमुकाम तानसेनमा बिहीबार विभिन्न कार्यक्रम गरिएको छ ।

बिहानैदेखि तानसेनमा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन्। तानसेनको वसपार्क, टक्सार, भगवतीटोल, मखनटोल लगायतका स्थानमा तुल व्यानर राखेर नेपाल सम्वत्लाई स्वागत गरिएको छ। यस्तै, रामपुर, आर्यभन्ज्याङ्, हार्थोक लगायतका स्थानमा पनि नेपाल सम्बत्को स्वागतमा विभिन्न कार्यक्रम राखेका छन्।

तानसेन नगरपालिका, ३ बसपार्कस्थित इलाभेन ब्रदर्शको आयोजनामा नेपाल सम्वत्को स्वागतार्थ मोटरसाईकल ऱ्याली निकालिएको छ। नेवारी संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका छन्। नेवार समुदायसँग सम्बन्धित केही संघसंस्थालेले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेका छन्।

इलाभेन ब्रदर्शले तानसेनमा हरेकवर्ष नेपाल सम्वत्को स्वागतमा मोटरसाइकल ऱ्याली निकाल्दै आएको छ। तानसेनको आन्दोलन चोकबाट सुरु भएको ऱ्याली बर्तुङ्ग, कैलाशनगर, टक्सार, मखनटोल, भुसालडाँडा, गोर्खेकोट, मेहलधारा हुँदै बजारको परिक्रमा गरेका थिए। २ सय बढी मोटरसाइकलले नेपाल सम्वत्को स्वागतमा हर्न बजाउँदै रमाइलो गरेर बजार परिक्रमा गरेका थिए।

कार्यक्रम संयोजक सुशील शाक्यका अनुसार मोटरसाइकल ऱ्यालीमा सहभागी सबैलाई विभिन्न उपहार प्रदान गरिएको छ। नेवारी समुदायमा घर घरमा घडामा पानी र फुल राखेर आगन्तुकलाई समेत स्वागत गरेका थिए। धिमे बाजाको धुनमा नेवारी पोसाक लगाएर तानसेनमा बजार परिक्रमासमेत गरिएको छ। काठमाडौंमा धिमेबाजा बजाउन सिकेका युवाहरुले रमाइलो गर्नुका साथै म्ह पुजा हेर्नेकोसमेत ठूलो भीड लागेको छ। तानसेनको टक्सारटोलमा नेवारी समुदायको बसोवास छ।

प्रकाशित : कार्तिक २२, २०७५ १२:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT