दिक्तेल आगलागीमा तीन करोडबराबरको क्षति, पीडितलाई राहत [अपडेट]

डम्बरसिंह राई

दिक्तेल (खोटाङ) — खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागीमा झण्डै तीन करोड क्षति भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा क्षति पुगेको थियो । आगलागीबाट करिब  दुई करोड ९० लाख ९२ हजा बराबरको क्षति भएको अनुमान गरिएको हो ।

दिक्तेल आगलागीमा तीन करोडबराबरको क्षति, पीडितलाई राहत [अपडेट]

प्रहरीका अनुसार अम्बिका बुढाथोकीको एक करोड २५ लाख, कृष्णकुमार श्रेष्ठको एक करोड २४ लाख, अम्बिका बुढाथोकीको घरमा होटल तथा कपडा पसल सञ्चालन गर्ने रमेश खत्रीको ३५ लाख ३० हजार र डेरामै बस्ने अब्दुल अहिम रायमको ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका क्रममा भत्काइएका राजु श्रेष्ठको तीन लाख र नवीन गुरुङको तीन लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीयले आगो निकाएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल सञ्चालन नहुदा स्थानीय आक्रोशित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने दमकल चालक दिक्तेलमा नभएकाले अग्नि नियन्त्रणमा प्रयोग हुन नसकेको बताए । आगलागीको कारण अझै खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।


पीडितलाई राहत

आगलागी पीडित कृष्णकुमार श्रेष्ठ र अम्बिका बुढाथोकीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५०/५० हजार राहत दिएको छ । जिल्ला विपद् उद्धार तथा व्यवस्थापन समितिले आगलागी पीडितद्वयलाई १५/१५ हजार नगद प्रदान गरेको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ ले दस/दस हजार र खोटाङ उद्योग वाणिज्य संघले पनि दस/दस हजार नगद उपलब्ध गराएको छ ।


रेडक्रसले भाँडाकुँडा, पाल, कम्बल लगायतका लत्ता कपडा उपलब्ध गराएको छ । दिक्तेल बजार सामाजिक गुढीले अग्नि पीडित कृष्णकुमार श्रेष्ठलाई २५ हजार नगद उपलब्ध गराएको छ ।


‍..............................................


खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागी भएको छ । करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ ।


आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको छ ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए । आगलागीबाट भएको क्षति विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

नगरपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएरको छ ।

प्रकाशित : कार्तिक २३, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?