उपराष्ट्रपतिले लगाए भाइटीका

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११:५५ मा उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाएका हुन् ।


आफ्नो दुई जनै दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाए। उनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशि लामाले भाइटीका लगाएका उनको सचिवालयले जनाएको छ।

Yamaha


प्रकाशित : कार्तिक २३, २०७५ १३:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बागलुङमा सिस्नो खोस्ने पर्व [फोटोफिचर]

प्रकाश बराल

बागलुङ — बागलुङको ताराखोलामा सिस्नो खोस्ने पर्व नै लाग्छ । खेतीपाती भित्र्याउने समय पारेर लगाईने पर्व अनौठो छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिड्ने र युवायुवतीले खोसाखोस गरेर याे पर्व मनाउने गरिन्छ।

देउता र पितृका लागि सुँगुरको वली दिएपछि साँप्रो काटेर बाँधिएको सिस्नोको भारी खोसाखोस गर्दा मनले चिताएको पुग्ने, बैबाहिक जीवन सुखमय बन्ने विश्वासले युवाहरुले सिस्नो खोस्ने गर्छन् । अर्गल, हिल र ताराखोलालगायतका मगरहरुको संस्कृतिमा सिस्नो खोस्ने पर्व अनिवार्य मानिन्छ । यी सबै काम अगाडि सरेर अविवाहित युवायुवतीले गर्नुपर्छ । बिबाहितले सिकाउने गर्छन् । पूजापाठ र बली सकिएपछि युवाहरुले सिस्नोका भारीमा सुँगुरको साँप्रो बाँधेर बोकेपछि भारीसँगै नाँच्न थाल्छन् ।

अविवाहित युवतीहरु ती भारीबाट सिस्नो र सुँगुरको मासु खोस्न निस्कन्छन् । लामो समयसम्म खोसाखोस हुन्छ । भारी बोकेका युवाहरु निकै बलिया हुन्छन् । त्यसैले पुरै खोस्न दिँदैनन् । झम्टेर सिस्नोको पात, डाँठ जे सक्यो त्यही खोस्न आउने युवतीलाई धेरै बेरसम्म झुलाईदिन्छन् । यो काम गर्दा अविवाहित युवायुवतीले राम्रो बर वा बधु पाउने, जीवन सुखमय बन्ने, बैबाहिक सम्बन्ध राम्रो बन्ने विश्वासले हरेक वर्ष दुईपटक यो संस्कृति गर्ने चलन छ । ‘हाम्रा देवीदेवताको खुसी र पितृको उद्धारका लागि यस्तो बली र नृत्य देखाउने गरिन्छ,’ ६० वर्षीय खड्गबहादुर घर्तीले भने, ‘यो मेलामा तन्नेरीमात्र सहभागी हुनुपर्छ ।’ बिबाहित गएमा पाप लाग्ने विश्वास छ । जर्बजस्ती गएको देखिएमा समूहले दण्ड पनि गराउँछ ।

खेतीबालीको रक्षाका लागि देवीदेउता पूज्ने मेलाको रुपमा पनि चिनिन्छ । कुलदेवताको पूजामा पनि युवाहरुले सिस्नो खोस्ने पर्व मनाउँन् । मगर समुदायमा युवाहरुको बिबाह आफ्नै रोजाईमा हुन्छ । बाबुआमाले केटा वा केटी खोजेर गरिदिने चलन नभएकोले भविष्य सुखमय बनोस्, रोजेको केटा वा केटी राम्रो परोस भनेर सिस्नो खोस्ने पर्वमा भाग लिन बाहिर गएकै भएपनि फर्केर आउने चलन रहेको होमबहादुर बगाले मगरले बताए ।

कुलदेवतालाई खुसी पार्न मनाइने यो मेला भरेमा पुण्य मिल्ने, चाहेजस्तो जीवन साथी पाइने, स्वस्थ्य रहने र दिर्घायु हुने पनि विश्वास पनि उनीहरु राख्छन् । बाइसे चौबिसे राज्यको पालामा धेरैजसो मगरले भाषा र अन्य संस्कृति गुमाएपनि सिस्नो खोस्ने मेला बचाएर राखेकोले अहिले पनि निरन्तर चलाउने गरेको कुलपूजाका गुरुवाउ अर्गलका भीमबहादुर घर्तीमगरले बताए । सिस्नो खोस्ने बेला नौं वटा ढ्यांग्रो बजाएर गीत गाउँदै सामुहिक जमिनमा आएर सिस्नो खोस्ने गरिन्छ । पछिल्लो समयमा यो संस्कृतिलाई जिल्ला तहमा हुने मेला महोत्सवमा पनि प्रर्दशन गर्ने गरिन्छ ।


प्रकाशित : कार्तिक २३, २०७५ १०:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT